चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटको समयमा चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।
प्रकाशित: १३ चैत्र २०८१ १८:४४ बुधबार