१७ चैत्र २०८१ आइतबार
image/svg+xml ५:१७ पूर्वाह्न
समाज

आशुको हत्यामा संलग्नलाई पक्राउको माग गर्दै परिवार र स्थानीयद्वारा टायर बालेर सडक अवरुद्ध

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धीका १९ वर्षीय आशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न पीडित परिवार र स्थानीय आन्दोलनमा उत्रिएका छन्।

बुधबार बिहानैदेखि मृतक आशुका आफन्त र बिन्धीवासी जनकपुरधा-जलेश्वर बाटो अवरुद्ध गरेर आन्दोलित बनेका हुन्। हत्यामा संलग्न एक जनालाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरे पनि अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनीहरू सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन्। सडक अवरुद्ध गरेर गरिएको प्रदर्शनका कारण सवारी साधन ठप्प भएका छन्।

गत फाल्गुन २ गते होलीका दिन रंगअविर खेल्ने क्रममा आशुलाई स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेका थिए। प्रहरीले धमेन्द्रलाई सोही दिन पक्राउ गरे पनि उनलाई हत्यामा सघाउने अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै पीडित परिवार र स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले अवरुद्ध सडक खुलाउन आन्दोलित पक्षसँग छलफल गरिरहेको बताए। उनले भने, 'पीडित परिवारले ६/७ जनामाथि किटानी जाहेरी दिएको छ। घटनाका मुख्य आरोपितलाई पक्राउ गरिसकेका छौं। अन्य आरोपितको खोजी भैरहेको छ।'

प्रकाशित: १३ चैत्र २०८१ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App