२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सन्देश बाँड्दै किशोरीहरू

वीरेन्द्रनगरको पिपिरामा जनचेतनामुलक सडक नाटक देखाउँदै कलाकारहरू। तस्विर: गोविन्द/नागरिक

हिजोआज वीरेन्द्रनगरका सडकमा किशोरकिशोरीहरू सन्देश बाँड्दै हिँड्ने गरेका छन्। सामाजिक रूपमा रहेका विकृति र विसङ्गतिलाई हटाउन किशोरकिशोरीहरूले सडक नाटक प्रदर्शन गरेर सन्देश बाँड्न थालेका हुन्।

उनीहरूले समाजमा रहेका बालविवाह, लागू औषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातीय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक बनाएर आम दर्शकहरूमाझ सन्देश बाँड्न थालेका छन्। ‘हतारको निर्णयले पछुतो’ भन्ने सडक नाटक किशोरकिशोरीले वीरेन्द्रनगरको पिपिराचोकमा प्रदर्शन गरेका छन्।

करिब दुई सयभन्दा बढी दर्शकको बीचमा उनीहरूले सामाजिक परिवेशलाई चित्रण गर्दै जिवन्त अभिनय गरेका थिए। उनीहरूको अभिनय र कथाको मर्मबाट आकर्षित भएर अधिकांश दर्शकहरू एकाग्र देखिएका थिए। सडक नाटकमा आबद्ध कलाकार करुणा शाहीले आगामी दिनमा विरेन्द्रनगरका विभिन्न ठाँउमा प्रदर्शन गरिने बताइन्।

किशोरकिशोरी मार्फत सडक नाटक प्रदर्शनका लागि सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत आवाज संस्थाले सहयोग गरेको थियो।

सामाजिक सञ्जाल सशक्त नहुँदै जनचेतनाका लागि सडक नाटक गाउँगाउँमा लोकप्रिय थियो तर, फेरि समय बदलिएसँगै शहरबजारमा पनि यो नाटक लोकप्रिय हुँदै गरेको स्थानीय बताउँछन्।

प्रकाशित: १८ फाल्गुन २०८१ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App