१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

परराष्ट्रमन्त्री सवार विमान काठमाडौं अवतरण हुन सकेन्, कोलकाता डाइभर्ट

खराब मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि कतार एयरको विमान कोलकाता डाइभर्ट भएको छ।

शुक्रवार बिहान दोहाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार सो विमानमा परराष्ट्रमन्त्री आरजु राणा पनि सवार थिइन्।उनी जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कँदै थिइन्।

शेर्पाले भने, 'खराब मौसमका कारण कतार एयरको विमान कोलकाता डाइभर्ट भएको हो। त्यहाँ परराष्ट्रमन्त्री पनि सवार रहेको मन्त्रालयले जनाएको छ। मौसम राम्रो भएपछि विमान फेरी नेपाल नै फर्कने छ।' 

प्रकाशित: १६ फाल्गुन २०८१ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App