२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित एक जना पक्राउ

कास्की प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिक शनिबार दिउँसो पक्राउ परेका हुन्। 

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा भरुवा बन्दुक २ थान र बारुदसहित फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ११ फाल्गुन २०८१ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App