वनमा लागेको आगाे (डढेलो) निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ।
जुम्लाको सिंजा गाउँपालिका-१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो। आइतबार दिउँसो ३ बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।
स्याउ बगैँचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो। आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो। आगो अझै पनि नियन्त्रणमा आइसकेको छैन। गाउँपालिका अध्यक्षले आगो नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए।
शव पाेष्टमाटम गर्नका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने छ। आगाे नियन्त्रणमा आउन नसकेपछि पूर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे टाेली आगलागी क्षेत्रतर्फ पुगिसकेको छ।
आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: १४ माघ २०८१ ०९:३१ सोमबार