६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

अधिवक्ता त्रिपाठीमाथि भएको कुटपिटको कालोपट्टी बाँधेर विरोध (तस्बिरसहित)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटको विरोधमा कानुन व्यवसायीहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन्।

सर्वोच्च अदालत बार एशोसिएशनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कानुन व्यवसायीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने माग राखेको छ। कानुन व्यवसायीहरूले कालो पट्टी बाँधेर शान्तिपूर्ण तरिकाले आफ्नो असन्तुष्टि प्रकट गरेका हुन्।

गत बुधबार जिल्ला अदालत, काठमाडौं परिसरबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो। त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्कीदेखि काठमाडौंसम्म विभिन्न मुद्दाहरूमा बहस गर्दै आएका थिए।

लामिछानेको विपक्षमा सक्रिय रूपमा कानुनी प्रक्रिया अघि बढाएका त्रिपाठीमाथि भएको आक्रमणलाई न्यायालयको स्वतन्त्रता र कानुन व्यवसायीको सुरक्षा विरुद्धको खतरा भनेर कानुन व्यवसायीहरूले मूल्यांकन गरेका छन्।

यो घटनाप्रति गम्भीर ध्यान दिन आवश्यक रहेको भन्दै कानुन व्यवसायीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ६ माघ २०८१ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App