२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा

यस्ताे पनि!

ताजा र स्वच्छ पानीमा जीवन फलाइफुलाइरहेका केही माछा, क्रस्टेसियन र केही कीराहरूमध्ये २४ प्रतिशत विलुप्तिको संघारमा रहेको अध्ययनले देखाएको छ। २३ हजार ४ सय ९६ प्रजातिहरूमध्ये केहीको जीवन खतरामा रहेको देखिएको हो।

ताजा पानीको स्रोत पृथ्वीको सतहमा जम्मा एक प्रतिशत भागमा फैलिएको छ। तर त्यो एक प्रतिशत पानीमा १० प्रतिशतभन्दा बढी ज्ञात प्रजातिको बास छ। जसरी सामुद्रिक र स्थलीय पर्यावरणजस्तै तिनको जीवन संकटापन्न रहेको बताइएको छ। यस अध्ययनले स्वच्छ पानीमा हुर्किरहेका जलचरहरू जैविक विविधताको संकटमा पर्न थालेका हुन्।

जैविक विविधता बचाउनु वैज्ञानिकहरूका लागि ठूलो चुनौती बन्न पुगेको छ। वैज्ञानिकहरूले पानीमा बस्ने २३ हजार चार सय ९६ प्रजातिका जलचरहरूको अध्ययन गरेका थिए। तीमधये माछा, क्रस्टेसियन (झिँगेमाछा, क्रेफिस, गँगटोजस्ता जीव) र कीरा (ड्रागनफ्लाई र डेम्सलफ्लाई)हरू पनि खतरामा रहेको बताइएको छ। यदि तिनको विलुप्तिमाथि काम नगरिए केही वर्षभित्रै २४ प्रतिशत प्रजाति विलुप्त हुने गम्भीर खतरा रहेको छ।

वेज रिसर्चकी प्रमुख तथा संरक्षण विद् क्याथरिन सायरले प्रदूषण, बाँध, पानीको निकासी, कृषि र आक्रामक प्रजातिहरूका कारण यस्तो अवस्था आएको बताएकी छन्। आवश्यकभन्दा बढी माछा पक्रँदा पनि तिनको प्रजाति नै सकिने अवस्था आएको उनको भनाइ छ। यो अध्ययन गएको बुधबार नेचर जर्नलमा प्रकाशित गरिएको छ।

केही प्रजाति त विलुप्त हुने अवस्थामा नै छ। तीमध्ये मिनी ब्लु बी स्रीम्प, सेसेल्स डस्कहकर ड्रयागन फ्लाई, एटलान्टिक हेलिकप्टर डेम्सलफ्लाई, डेजी बरोइङ क्रेफिस, हम्पब्याक्ड महसीर माछो र अल्पनाके सकर माछो पनि रहेका छन्।

यी प्रजाति झरना, नदी, दलदलजस्ता ठाउँमा पाइन्छन्। सन् १९७० पछि ती क्षेत्रमा यी जीवहरू एक तिहाईभन्दा कम पाउन थालिएको अध्येताको दाबी छ। जुन प्रजातिहरूमाथि अध्ययन गरिएको थियो, तीमध्ये क्रस्टेसियन (३० प्रतिशत), माछा (२६ प्रतिशत) र ड्रागनफ्लाई–डेम्सलफ्लाई (१६ प्रतिशत)ले घटेको देखिएको छ। ताजा पानीको इकोसिस्टम जैविक विविधताका लागि महत्वपूर्ण हुन्छ तर यो विविधता क्रमशः खिइँदै जान थालेको छ।

शोधकर्ताहरूले सबैभन्दा खतरामा परेका प्रजातिहरू बस्ने संसारभरिका चार क्षेत्रहरू छानेर राखेका छन्। तिनमा अफ्रिकाको भिक्टोरिया झरना, दक्षिण अमेरिकाको टिटिकाका झरना, पश्चिम भारत र श्रीलंकाका केही क्षेत्र छानिएका छन्।

यहाँ बढ्दो प्रदूषण र बढी नै माछा पक्रन थालिएकाले ती संकटमा परेका हुन्। त्यसबाहेक अत्यधिक कृषि कार्य र आक्रामक प्रजातिको उपस्थितिका कारण पनि तिनको संख्या तीव्र रूपमा घट्न थालेको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रकाशित: २९ पुस २०८१ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App