राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको थुनछेक इजलासले बुधबार लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । लामिछानेमाथि यहाँ ५ करोड ७८ लाख रुपैयाँ बिगोसहित सजायको माग गरिएको छ ।
गत पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो।
प्रकाशित: २ माघ २०८१ १७:०३ बुधबार