नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले वर्तमान समय देश जलाउने र देश बचाउने बीचको द्वन्द्वको समय भएको बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले जेन जी आन्दोलनमा विद्यार्थीहरूलाई विद्यालय तथा कलेजको पोसाकमा सडकमा उतारेर प्रयोग गरिएको तर कसले प्रयोग गरेको भन्ने थापा पाउन नसकिएको बताएकी छिन्।
झाक्रीले फिल्डमा कस्तो अवस्थामा गोली चलाइन्छ, कसले आदेश दिन्छ र कसरी कानुन बमोजिम आदेशको पालना हुन्छ भन्ने विषयमा पूर्व प्रहरी अधिकारीहरूले नै सार्वजनिक रूपमा बोलेको बाताएकी छिन्।
साथै उनले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ले सिर्जना गरेको नेपाली इको–च्याम्बरमा देखिएका अराजक पात्रसगँ नलाग्न समेत आग्रह गरेकी छिन्।
प्रकाशित: २७ माघ २०८२ १२:४४ मंगलबार





