अर्घाखाँचीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन्।
सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीय कँडेलको साथबाट पाँच सयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षीय कमलप्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षीय सुरज कुमाल, २० वर्षीय सुजन नेपाली र १९ वर्षीय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनीहरूको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागू पदार्थ फेला परेको हो। पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ।
प्रकाशित: २२ पुस २०८१ १३:४० सोमबार