पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि पुडासैनी कोठामै ढलेपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईनमा कार्यरत थिए। उनले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए।
३३ वर्षीय पुडासैनी केही दिनयता बिरामी रहँदै आएका थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए।
प्रकाशित: २० पुस २०८१ ०७:१४ शनिबार