१९ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

सर्लाहीको बरहथवामा उखु बोकेको ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।

बरहथवा–नयारोड सडकखण्ड अन्तर्गतको बरहथवा नगरपालिका ९ स्थित शान्ति चौकमा सोमबार राति ९ बजेको समयमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल सवार दुई जनाको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ।

दुर्घटनामा बरहथवा ५ का २५ वर्षीय हरिन्द्र महतो र २२ वर्षीय पुर्षोत्तम दासको जयान गएको हो। बरहथवाबाट हरिवन तर्फ उखु बोकेर इन्दु शङ्कर चिनी मिल तर्फ तीव्र गतिमा जाँदै गरेको ज १ च ९८७६ नम्ब रको ट्याक्टरमा विपरित दिशाबाट आएको ज ४ प ३७७ नम्बरको मोटरसाइकल अगाडिबाट ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए।

महतोको बरहथवा बजारस्थित संजिवनी हस्पिटल र दासको बिरगंजस्थित वैद हस्पिटल लैजाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए।  

मृतक महतो र दासको शव पोष्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको र प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र ट्याक्टरसहित चालक सर्लाहीको बलरा नगरपालिका-७, का ३८ वर्षीय बिरेन्द्र महतोलाई नियन्त्रणमा लिएको बताए।

प्रकाशित: १६ पुस २०८१ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App