नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन्।
मिथिलामा विवाहमा हुने स्वयंबरका बेला लगाइने फूलको बरमाला र बेहुलाले टाउकोमा पहिरन मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्। त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गरेले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको उनले बताए।
फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरन रातो सारी र चुनरी (सल) पहिरिएको छ। बेहुला र बेहुलीको लगनगाँठो कसे झैँ नवदुल्हा, दुल्हन झैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरू जानकी मन्दिरमा दर्शन पनि गरे। फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाए। उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए।
जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउदा गौरवान्वित महसुस भएको बताए।
प्रकाशित: १३ पुस २०८१ १३:३७ शनिबार