कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ हरनामपुरमा करेन्ट लागेका एक किशोरीको मृत्यु भएको छ। स्थानीय राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मङ्गलबार राति मृत्यु भएको हो।
आफ्नै घरको पानी तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ मंसिर २०८१ १३:४५ बुधबार