२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

वासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या

नदी तथा खोलाहरूको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरूले बताएका छन्।

विश्व मत्स्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।उनीहरुले पछिल्लो समय प्राकृतिक रुपमा खोला तथा नदीमा पाउने माछाहरू लोप हुँदै गएको बताए।उनीहरुले खोला तथा नदीहरूमा जलविद्युत उत्पादन लगायत पानी कटानको कारण माछाहरूको वासस्थान मासिएको बताएका हुन्।

त्रिभुवन विश्व विद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका अध्यापक सन्तोषी श्रेष्ठले माछाहरू दिनप्रतिदिन लोप हुँदै गइरहेको जानकारी गराए।उनले माछाहरू लोप हुनुको प्रमुख कारण वासस्थान मासिनु रहेको बताइन। उनले पछिल्लो समय माछाको खोला, नदीको वासस्थान मासिँदै गएको उल्लेख गर्दै नेपाली माछाहरू हुने खोला तथा नदीहरूमा पछिल्लो समय पानी नभएको बताइन।उनले माछाहरूको प्रजननका लागि आफ्नै वासस्थान हुने भए पनि वासस्थान बिग्रँदै  गएकाले नेपाली माछा लोप हुँदै गएको बताइन।

उनले नदीको दोहन जलविद्युत आयोजनाहरू भएको बताइन। उनले जलचरहरूको संरक्षणको लागि जलविद्युत उत्पादन आवश्यकतालाई हेरेर लक्ष्य निर्धारण गर्न आवश्यक रहेको बताइन।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले २५२ प्रजातिका माछामध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइने बताए। उनले नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए। उनले नेपाल माछामा आत्मनिर्भर जस्तै रहेको भन्दै करिब ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट आयात हुने गरेको बताए। उनले ९५ प्रतिशत मुलुकभित्रै उत्पादन हुने उल्लेख गरे।

उनले नेपाली माछा उत्पादन वृद्धिमा लाग्न र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिन आवश्यक रहेको बताए।उनले जलाशयहरू मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने चिन्ता व्यक्त गरे ।

प्रकाशित: ७ मंसिर २०८१ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App