७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल भाषालाई ऐच्छिक भाषाको रुपमा समावेश गर्नेछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालीहरूको आफ्नै संवत् भएको बताएका छन्।

शनिवार ११४५ औं नेपाल  संवत् संवत्को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् नेपाल संवत् भएको बताए।

उनले उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम  रहेको बताए। उनले नेपाली संस्कृति,परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रीपरिषद्बाट गर्ने गरी छलफल अघि बढाउने बताए।प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए। 

प्रकाशित: १७ कार्तिक २०८१ १७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App