२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

उपत्यकामा लुटपाट मच्चाउँदै आएको समूह प्रहरी नियन्त्रणमा

काठमाडौँको मूलपानी क्षेत्रमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न समूहलाई गएराति पक्राउ गर्ने प्रयास गर्दा अवस्था नियन्त्रण बाहिर जान थालेपछि गोली चलाइएको प्रहरीले जनाएको छ।  

प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना  घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रमेश थापाका अनुसार लुटेरालाई नियन्त्रणमा लिने क्रममा उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाउनुपरेको हो। घटनास्थलमा भएको कारबाहीका क्रममा दुई जना प्रहरीसमेत घाइते भएका छन्। प्रहरीले उपत्यकामा लुटपाट आतंक मच्चाउँदै आएका १० जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार ती लुटेरा समूहले गौशाला, स्वयम्भू, बौद्ध तथा भक्तपुर क्षेत्रहरूमा लुटपाट गर्दै आएका थिए। पक्राउ परेका व्यक्तिहरूको नाम भने अनुसन्धान जारी रहेकाले सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ माघ २०८२ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App