१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

पुनर्स्थापना गृहबाट ३ जना फरार

विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको दीर्घकालीन पुनर्स्थापना गृहबाट २ बालिका र १ जना युवती फरार भएका छन्। 

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलामको इलाम नगरपालिकाकी १५ वर्षीया बालिका तथा धनकुटाको धनकुटा नगरपालिका घर भएकी १९ वर्षीया युवती पुनर्स्थापना गृह फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।उनका अनुसार पुनर्स्थापना गृहमा रहेका ३ जना बुधबार बिहानका राति फरार भएको हुन्।

गृहबाट फरार भएका उनीहरु परिवारको सम्पर्कमा समेत नपुगेको बताउँदै, डिएसपी जोशीले भने, ‘फरार भएका उनीहरूको खोजीका लागि विशेष प्रहरीको टोली परिचालन भइसकेका छन्। प्रहरीका सबै युनिटहरूमा उनीहरूको हुलियासहितको जाहेरी खोजतलासका लागि पठाइसकेका छौँ। उनीहरु टाढा नपुगेको हुँदा चाँडै नियन्त्रणमा लिन्छौँ।’

सामाजिक विकास मन्त्रालय कोसी प्रदेशले सञ्चालन गरेको गृहमा घरेलु र लैङ्गिक हिंसाबाट पीडित भई भय तथा असुरक्षा महसुस गरेका, घर एवं समाजमा रहेर नियमित जीवनयापन गर्न नसकिरहेका र बेचबिखनदेखि बलात्कार पीडितलगायत अनेक प्रकारले जोखिममा परेका महिला एवं बालिकालाई उद्धार गरेर राखिँदै आएको थियो।

पुनर्स्थापना गृहकी प्रमुख सुनिता भट्टराईका अनुसार भागेका ३ जना बलात्कारबाट पीडित भएकाहरू हुन्। गृहमा रहेका २५ जनामध्ये अधिकांश बालिका छन्।गृहमा २१/२२ वर्षका पनि छन्।गृहमा राखिएकाहरूका ८ सन्तानलाई पनि त्यहीँ राखिएको भट्टराईले बताइन्। गृहमा ३ जना महिला सुरक्षा गार्डको व्यवस्था गरिएको छ। 

प्रकाशित: १४ कार्तिक २०८१ २१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App