६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

सुनकोसी नदीमा बेलिबृज सञ्चालन, सेनालाई सम्मान

<br>

तस्बिर: नेपाली सेना

सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज सञ्चालनमा आएको छ।

गत असोजको दोस्रो साता आएको बाढीले पुल बगाएपछि सोही स्थानमा नेपाली सेनाको अग्रसरतामा बेलिबृज सञ्चालनमा ल्याइएको हो।

पुल बगाएपछि सिन्धुलीको खुर्कोट र रामेछापको मन्थलीसहितका स्थानमा स्थल सम्पर्क टुटेको थियो। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा बेलिबृज सञ्चालन सुरु भएको हो।

मन्त्री दाहालसहितको टोलीले बिपी राजमार्ग अन्तर्गत सडक अनुगमन गरेको थियो। सो क्रममा मन्त्री दाहालले बेलिबृज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरूलाई सम्मान गरेका थिए।

तस्बिरहरु: नेपाली सेना

प्रकाशित: ६ कार्तिक २०८१ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App