२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२९ खानेपानी योजना सम्पन्न

फाइल तस्बिर

आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन्।

गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक  योजना सम्पन्न भएका डभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिइन्।

प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत  योजना हुन्। सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन्। न्यून बजेट विनियोजित,पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन्।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएकोे छ। रासस

प्रकाशित: २७ आश्विन २०८१ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App