१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वमन्त्री दाहालको निधन

तस्बिर : पुरुषोत्तम दाहालको फेसबुकबाट

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ।

केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए। उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए। 

उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनकी श्रीमती र दुई छोरा छन्।

प्रकाशित: २६ पुस २०८२ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App