१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले देशलाई निकास दिन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नीतिगत रूपान्तरणसहित भएको नेतृत्व परिवर्तनले अब देशलाई पनि निकास दिने बताएका छन्।

पार्टीको तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिँदै उनले परिवर्तन घोषणा मात्रले सम्भव नहुने बताउँदै त्यसको सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरेका छन्। प्रशासन, राजनीति, दल, सरकार र समग्र समाजमा व्यापक रूपान्तरण आवश्यक रहेको भन्दै त्यसका लागि नेपाली कांग्रेसले पहलको सुरुवात गरेको बताएका छन्। 

शर्माले विदेशमा रहेका नेपाली (एनआरएन) का भावनालाई सम्बोधन गर्ने नीति पार्टीले अघि सारेको बताएका छन्। ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई समर्थन गर्दै नागरिकतासम्बन्धी विषयमा उदार दृष्टिकोण अपनाउने प्रतिबद्धता गरेको भन्दै भविष्यमा सर्वोच्च अदालतको आदेशअनुसार विदेशबाटै मतदानको अधिकार सुनिश्चित गर्न पहल गरिने बताएका छन्।

उनले विदेशमा रहेका नेपालीको मन र पुँजी स्वदेशसँग जोड्न ‘जीडीपीपी’ को अवधारणा अघि सारिएको बताउँदै सरकार, डायस्पोरा र निजी क्षेत्रको सहकार्यमा ठूला परियोजना अघि बढाइने बताए।

प्रकाशित: १६ फाल्गुन २०८२ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App