१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

१५ दिनपछि खुल्यो बागलुङ जोड्ने मालढुङ्गा पुल

 

बागलुङ, २६ असोज-
कालीगण्डकी नदीको बाढीले बगाएको मालढुङ्गा पुलको पहुँचमार्ग पुनर्निर्माण भएसँगै १५ दिनदेखि अवरुद्ध बागलुङको सीधा यातायात सेवा आज (आइतबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरेर रातदिन खटिँदै करिब ३५ मिटर पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि सवारीसाधन वारपार गर्न थालेका हुन्। कार्यालयका इन्जिनियर अमर अधिकारीले अवरुद्ध सडक मर्मत सकिएपछि यातायात खुला गरिएको जानकारी दिनुभयो।

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएको थियो। दसैँको मुख्य समयमै महत्त्वपूर्ण सडक सञ्जाल विच्छेद हुँदा यात्रु तथा स्थानीय नागरिकले निकै सास्ती भोग्नुपरेको थियो।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थल रहेको यो पुलले बागलुङसहित पूर्वी रूकुमलगायतका जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दछ। पुलमा सीधा यातायात सुरु भएसँगै यस क्षेत्रको रोकिएको पर्यटन तथा व्यापार व्यवसाय पुनः फस्टाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ आश्विन २०८३ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App