प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेका छन्।
ओलीका बुबादशैमा छोरालाई टीका लगाइदिन केही दिनअघि काठमाडौं आएका हुन्।
ओलीसँगै पत्नी राधिका शाक्यले पनि ससुराबुबाको हातबाट टीका लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसपटक प्रधानमन्त्रीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पीडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन्।
प्रकाशित: २६ आश्विन २०८१ १२:१७ शनिबार