२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दसैंको टीकाको दिन मुलुकभरको मौसम यस्तो छ

न्यूनतम तापक्रम घट्दै

बडा दसैं टीकाको दिन आज मुलुकभरको मौसम समान्यत: सफा रहने छ। आज ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। कोशी, वागमती  र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने बदली र केही स्थानमा छिटफुट वर्षाको सम्भावना छ।

मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेकाले ती स्थानमा  बदली र वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। आज राति भने पहाडी भेगमा हल्का वर्षा हुनेछ। महाशाखाका अनुसार यात्रालाई असहज हुने गरी वर्षा नहुने भएकाले  दशैँको टीका थाप्न जानेहरुलाई समस्या हुनेछैन।

न्यूनतम तापक्रम घट्टो क्रममा रहेकाले काठमाण्डौसहित पहाडी जिल्लामा आजदेखि सामान्य चिसोको महशुस भएको छ।आगामी दिनबाट तापक्रम थप घट्दै जाने महाशाखाले जनाएको छ। 

प्रकाशित: २६ आश्विन २०८१ ०६:५८ शनिबार

#weather #weather_forecast #mausam