७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भीरबाट लडेर ताप्लेजुङमा युवकको मृत्यु

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेमा भीरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार मामाङ्खे सुक्तेन टोलका ३० वर्षीय विजय लिम्बूको लडेर मृत्यु भएको हो । बाख्रा चराउन जाने क्रममा थोकलम्बी भीरबाट करिब दुई सय मिटर तल लडेर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १४ पुस २०८२ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App