१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।

दुबै नदीमा आएको बाढीका कराण ठाउँठाउँमा तटबन्धहरू भत्किनुका साथै नदी छेउका दर्जनभन्दा बढी गाउँहरू डुबानमा परेका हुन्।

बागमती र बकैयामा पानीको सतह घटेपनि नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको बाँधका कारण बाढीको पानीले निकास नपाउँदा सदरमुकाम गौर डुबानमा परेको हो।

गौर ५ का स्थानीय सदानन्द झाका अनुसार डेढ दशकदेखि सीमा क्षेत्रमा भारतीय पक्षले करिब २० मिटर अग्लो बाध बनाएका कारण पानीले निकास नपाउँदा गौर डुबानमा परेको छ।

बकैया नदीमा आएको बाढीले इशनाथ नगरपालिका र राजपुर नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन्।

यसैगरी बागमती नदीमा आएको बाढीले गढिमाइ, माधवनारायण र राजदेवी नगरपालिकाको ठाउँठाउँमा बाध नै कटान गरेपछि बाहिरको पानी पनि गाउँमा पसेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार बाढीबाट मानवीय क्षति नभएपनि जनधनको ठूलो क्षति भएको छ।

बाढीबाट प्रभावित सयाँै मानिसहरूलाई सशस्त्र र नेपाल प्रहरीले उद्वार गरी सुरक्षित स्थानमा राखेका छन्। घरमा पानी पसेकाहरूलाई स्थानीय प्रसाशनले उद्वार गरी बाढी नपस्ने सुरक्षित स्थानमा रहेका स्कुल, मठमन्दिर एवं सार्वजनिक भवनमा राखिएको छ।

प्रकाशित: १३ आश्विन २०८१ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App