११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षणपत्र (पत्रसहित)

नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।  

एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई सुझावसहितको पत्र बुझाएको हो ।  

विभागले ढुक्कसँग दसैँ, तिहार, नेपाल संवत्, छठ र इदजस्ता चाडपर्व मनाउने वातावरण जनताले पाउनु पर्ने, सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो हुनु पर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।  

चाडपर्वका समयमा हुने अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिएको विभाग प्रमुख भट्टराईले जानकारी दिए ।  

ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताउँदै सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिएका थिए । 

प्रकाशित: ११ आश्विन २०८१ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App