१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ओली शासनमा विद्यार्थी दीक्षित हुन पनि पाएनन्: सुमना श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरेकोमा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आपत्ति जनाएक‌ी छन्।

सो प्रतिष्ठानको दीक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो। सबै विद्यार्थीहरु दीक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हैसियतले कार्य व्यस्तताको कारण देखाउँदै दीक्षान्त समारोह स्थगित गरेका थिए। सोही कारण पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले आपत्ति जनाएक‌ी हुन्।

सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गरिन्। उनले विद्यार्थीहरुको दीक्षित हुने अधिकार ओली सरकारले कटौती गर्न नमिल्ने तर्क गरिन्। उनले सो प्रतिष्ठानको दीक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट सुरु हुन्छ ? भनी सरकारलाई प्रश्न समेत गरिन्।  

उनले भनिन् ‘विद्यार्थीहरुको दीक्षित हुने राइट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरुको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस्। बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढ्नका लागि व्यवस्था थियो भन्छन्। यो ओली शासनमा चाहिँ इतिहासले कसरी लेख्छ। यो चाहिँ हेर्नुपर्नेछ।’

सांसद श्रेष्ठले ओली कालमा विद्यार्थीहरूले परीक्षा समेत दिन नपाउने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरिन्।

प्रकाशित: २४ भाद्र २०८१ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App