३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

निरन्तर ब्याज घटाउँदै बैंकहरू

बैंकहरूले ब्याजदर निरन्तर घटाएका छन्। बैंकमा निक्षेप थुप्रिएपछि ब्याजदर घटाउँदै लगेका हुन्। बैंकहरूले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ। असोज महिनाको मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ६.३५ प्रतिशत निर्धारण गरेका छन्। भदौको तुलनामा असोजमा ०.१४७ प्रतिशत बिन्दुले घटेको हो।

भदौमा निक्षेपमा दिने अधिकतम ब्याजदर ६.५०३ प्रतिशत थियो। २० वटा बैंकमध्ये सरकारी दुई बैंकले ब्याजदर बढाएका छन् भने १० बैंकले ब्याजदर घटाएका छन्। यसैगरी आठ वटा बैंकको ब्याजदर स्थिर छ। सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन्।

कृषि विकास बैंकको ६.०७ प्रतिशत, सिटिजन्स बैंकको ६.१५, एभरेष्टको ६, ग्लोबल आइएमईको ६.२५, हिमालय बैंकको ७, कुमारी बैंकको ६.०१, लक्ष्मी सनराइज बैंकको ६.५, माछापुच्छ«ेको ६.५, नविलको ६.७५, नेपाल बैंकको ५.९५, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६.५, नेपाल एसविआई बैंक ६, एनआइसी एसिया बैंक ७.१८, एनआइसी एसिया बैंक, ७.१८, एनएमबी ६.५, प्रभु ६.१, प्राइम कमर्सियल ६.२५, राष्ट्रिय वाणिज्य बैंकले ६, सानिमा ५.९, सिद्धार्थ बैंक ६.५, स्ट्यान्डर्ड चार्टर बैंकले सात प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

 ब्याजदर स्थिर राख्ने बैंकहरू ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्। नेपाल बैंक र कृषि विकास बैंकले भने ब्याजदर बढाएका छन्।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर कर्जाको माग न्यून हुँदा अधिकांश बैंकले ब्याजदर घटाएका हुन्। केहीले भने स्थिर राखेका छन्। कुनै समयमा ब्याजदर बढाउन हुने गरेको प्रतिस्पर्धा अहिले घटाउनेतर्फ बढी रहेको छ। ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिलेको छ।  

प्रकाशित: १ आश्विन २०८१ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App