१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार पक्राउ

नेपालस्थित अमेरिकी राजदूतावासमा इलेकट्रोनिक डाइभरसिटी भिसा (डीभी) प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका-९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन्।

इलेकट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसइई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदूतावाससँगको समन्वयमा उनीहरूलाई राजदूतावास नजिकबाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

प्रकाशित: २४ भाद्र २०८१ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App