१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

अवैध रुपमा भित्राइएका लसुन बरामद

भारतबाट अबैधरुपमा भित्राउँदै गरेको अवस्थामा लसुन सहित दुई लाख ५० हजारका बिभिन्न सामाग्रीहरू बरामद गरिएको छ । प्रहरीले मंगलवार बिहान  शुद्धोदन गाउँपालिका वडा नम्बर ५ हथिहवा दोहनी नाकाबाट मोटर साइकलमा ल्याउँदै गरेको अवस्थामा ५ सय २० केजी लसुन बरामद गरेको हो । 

३ वटा मोटर साइकलमा १३ वटा बोरामा ल्याई रहेको अवस्थामा प्रहरीले १ लाख ५६ हजार मूल्यको भारतीय लसुन बरामद गरेको  इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । सुराकीका आधारमा दोहनी जाँदा प्रहरीलाई देखे पछि तस्करहरू लसुन छाडेर भागेका थिए ।

हथिहवा दोहनी नाकामा सशस्त्र प्रहरीको कार्यालय र नेपाल प्रहरीको सीमा चौकी समेत छ । तर त्यहाँ भने निर्बाध तस्करी भइरहेको भन्ने सुराकी आए पछि इलाका प्रहरी कार्यालय पकडीको टोली दोहनी पुगेको हो । यस्तै केही दिन अघि बरामद गरिएको मोबाइलका बिभिन्न सामाग्रीहरू, टायल्स, चप्पल,चिनी लगायतका गरी ८९ हजार मूल्यका गैर कानुनीरुपमा भित्राइएका सामाग्रीहरू समेत बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

बरामद सामाग्री सुठौली भन्सार चलान गरिएको छ । प्रहरी उपरिक्षक नवरत्न पौडेलले चाडबाडसँगै तस्करी बढेको भन्ने गुनासो आए पछि सीमा नाका क्षेत्रमा कडाई गरिएको बताए । 

प्रकाशित: ११ भाद्र २०८१ १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App