९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीबाट साढे दुई करोड बढीको क्षति

फाइल तस्बिर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारमा भएको आगलागीमा परी झण्डै तीन करोड रुपैयाँंको क्षति भएको छ । 

कौशलटारस्थित अमिनिटी स्कुल नजिकै रहेको सोही स्थान बस्ने शंकर कटुवालको ४ तले पक्की घरको भुई तलामा रहेको नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई गएराति साढे १० बजे आगलागी भएको थियो। 

खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी प्रभाग बालकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई गएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।  

प्रहरी, स्थानीयहरु, भक्तपुर, काठमाडौ र ललितपुरबाट गरी जम्मा ५ वटा दमकलहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । आगलागीमा अन्दाजी २ करोड ६० लाख बराबरको क्षति भएको जनाइएको छ । 

घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित: १८ श्रावण २०८१ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App