१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

लागु औषधसहित एकजना भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

झापा गाँउपालिका वडा नं. ४ टाघनडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदैं गरेको भारतको किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ का वर्ष ३६ का सोमाई किस्कुलाई पक्राउ गरेको हो।

शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिकसहित २० ग्राम र प्लाष्टिक बाहेक १६ ग्राम ८३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सोमाई अहिले प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएइको छ।

प्रकाशित: १७ श्रावण २०८१ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App