१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राति पानि पर्ने क्रममा सुधार हुँदै, यस्तो रहने छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आजदेखि रातमा पानी परेपनि पानी पर्ने क्रममा सुधार हुँदै जाने बताएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित बताएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले बुधवारदेखि नै शुक्रवार रातिसम्मै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए।

उनले पछिल्लो तीन दिन रातको समयमा धेरै पानी परेको हुँदा डुबान र बाढी आएको भएपनि बुधवार रातिदेखि रातमा पानी परेपनि पानी पर्ने क्रममा सुधार हुँदै जाने बताए।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै उनले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए।

यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ साउन १८ गते (शुक्रवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ साउन १९ गते (शनिवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: १७ श्रावण २०८१ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App