१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र युवाको शव फेला

फाइल तस्बिर

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको बताए। 

उनकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएकाे छ।  यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित: १६ श्रावण २०८१ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App