२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिजाको पार्थिव शरीरमा माधव नेपालले पार्टीको झण्डा ओढाए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा शनिबार पशुपति आर्यघाटमा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन। गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उनका श्रीमान् मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित खतिवडाको निधन भएको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

परिवारले शिक्षण अस्पतालबाट शनिबार शव बुझेपछि तीनै जनाको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यस्तै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका नेता कार्यकर्ता पशुपति पुगेर मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै परिवारलाई सान्त्वना दिएका थिए । 

प्रकाशित: १२ श्रावण २०८१ १८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App