२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा ८ अशोक चोकमा नम्बर नखुलेको सवारीले बागमती प्रदेश ०६(००३ प ६८३९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्तीका ५० वर्षीय चण्डी प्रसाद अधिकारी रहेका छन्। बिहीबार साँझ ८ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको मृत्यु नयाँ मेडिकल कलेजमा आज बिहान २ बजे मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले बताए।

प्रकाशित: ११ श्रावण २०८१ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App