२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओली र डा. रुइतबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आज आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गरेका छन्।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा. रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनुभएका डा. सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुने। आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो।”

प्रकाशित: १० श्रावण २०८१ २२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App