२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ। उन्नति प्रगति हुने दिन छ।

वृष राशिः ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। आँखामा समस्या देखिन सक्छ। नसोचेको ठाउँबाट थोरै भए पनि धन आर्जनको योग देखिन्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

मिथुन राशिः वाणी प्रभाव बढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः दाम्पत्य विचार राम्रो रहने छ। साथै पारिवारिक सदस्यबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ। पढाइमा रुचि बढ्नेछ।

सिंह राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

कन्या राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। दाजुभाइ मिलेर कुनै काम गरे सफलता मिल्नेछ। रोजगारबाट कम फल मिल्ने देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखापर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

वृश्चिक राशिः परिश्रमको कम लाभ प्राप्त हुने छ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। वस्त्र सम्वन्धी व्यवसायमा राम्रो छ। सामाजिक पद र सम्मान मिल्ने छ।

धनु राशिः आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्ने छ।

मकर राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुने छ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुने छ।

कुम्भ राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

मीन राशिः प्रेम आकर्षणमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ। 

प्रकाशित: १० श्रावण २०८१ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App