९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सभामुख घिमिरेद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

सभामुख देवराज घिमिरेले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी भने , ‘ठुलो मानवीय क्षति हुने गरी भएको अकल्पनीय दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा घाइते विमान चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

दुर्घटनामा परेका यात्रुहरूको उद्धार कार्यमा घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी, दमकल–एम्बुलेन्सका चालकसहित उद्धार कर्ताहरू तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति  सभामुख घिमिरेले धन्यवाद व्यक्त गरेका छन् ।

विमान दुर्घटनाको कारण पहिचान गर्ने, त्यसको तथ्य पत्ता लगाउँदै आगामी दिनमा मानवीय तथा यान्त्रिक कमी कमजोरी हुन नदिने साथै भविष्यमा दुर्घटना रोकथाम गर्न उच्च सजगता अपनाउन सम्बद्ध सबै पक्षको सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित: ९ श्रावण २०८१ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App