२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कुलमानलक्षित आशिकाको कटाक्ष : भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्

सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन‍्।

घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध भएको थियो। सो पश्चात् घिसिङले ती नाम फिर्ता लिने बचन समेत दिएका थिए। तर नाम फिर्ता नभएपछि तामाङले उक्त कटाक्ष गरेकी हुन्।

उनले भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन् भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरिन्। 

'भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्। आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन?' उनले सामाजिक सञ्न्जालमा लेखेकी छन्, 'अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो कि हो होइन?

प्रकाशित: २२ पुस २०८२ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App