२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

नवलपुरमा शुक्रबारदेखि जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइने

नवलपुरमा शुक्रबारदेखि एक हप्ता जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइने भएको छ।

जिल्लाका ८ वटै स्थानीय तहका झण्डै डेढ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ३५ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई यो खोप दिइनेछ।

खोप अभियान चैत ५ गतेसम्म चल्नेछ। नवलपुर, चितवन र कैलालीमा जापनिज इन्सेफ्लाइटिसका बिरामी धेरै हुने भएकाले पहिलो चरणमा नवलपुर रोजिएको उनले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०८२ २०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App