२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको क्षेत्रमा विचार पुर्‍याएर कार्य गर्नुहोला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्यगर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। धन आर्जनको योग छ।

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण रोग देखापर्न सक्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखापर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ कम हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातुसम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त नहुन सक्छ। अध्ययनमा सफलता मिल्ने योग छ। धन प्राप्तिमा ढिला हुने समय छ।

तुला राशिः कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। विलासी कार्यमा रुचि नलिनु राम्रो छ। व्यावसाय गर्नेहरुलाई दिन मध्यम छ।

वृश्चिक राशिः परिवारमा सामान्य उदर रोग देखापर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाईमा कार्यसिद्धि योग छ।

मकर राशिः व्यापारमा कम फल प्राप्त हुनेछ। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। केही व्यक्तिले धन खर्च गराउन सक्ने छन्।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। प्राविधिक क्षेत्रमा लगानी गर्नुभयो भने राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रेमिहरूका लागि पनि दिन उत्तम छ।

मीन राशि: पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। धन आउने योग छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही अवरोध हुन सक्छ। विलासी कार्य र यात्रामा विचार पुर्याउनु होला।

प्रकाशित: ८ श्रावण २०८१ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App