२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणघाट-मुग्लिङ सडकमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणघाट-मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन्।

शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको थियो।

नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मध्य १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएकाे छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेकाे छ भने ९ जना मध्यम घाइते छन्।

यसैगरि पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुकाे अवस्था मध्यम रहेको छ। घाइतेहरुको परिचय खुलिसकेको छैन।

दुवै सवारी साधन र तेल ट्याङ्करलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: ५ श्रावण २०८१ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App