२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिमलताल बस दुर्घटना: गणपति बसका चालक र सहचालकको शव फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।

उनीहरूको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक व्यारेज पुलनजिक सोमबार फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, उनीहरु दुई जनाको शवको सनाखत मंगलबार परिवारले गरेका हुन् । 

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए । बेपत्ता भएका यात्रुमध्ये नौ जनाको शव पहिचान भएको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए ।

पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै अत्तोपत्तो छैन । अहिलेसम्म १७ जनाको शव फेला परेका छन् । आठ जनाको शव पहिचान हुन बाँकी रहेको सहायक प्रजिअ भुसालले जानकारी दिए । मंगलबार मात्रै गैँडाकोट नगरपालिका १० र मध्य विन्दु नगरपालिकाको नारायणी नदी किनारमा तीन जनाको शव फेला परेका छन् । उनीहरूको शव भरतपुर अस्पताल ल्याउने तयारी भएको उनले जानकारी दिए । पहिचान भएकाहरूको शव उनीहरूका आफन्तले घर लगिसकेका छन् । 

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १ श्रावण २०८१ १९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App