२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः व्यापारमा कम फल प्राप्त हुनेछ। नयाँ कार्यमा थोरै बाधा आउने छ। सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु होला। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।

वृष राशिः व्यवसायमा शुभ देखिन्छ। सहयोग लिएर काम नगरी आफै कार्य आरम्भ गर्नु होला। सामाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। लगानीबाट धन आउने योग छ। प्रभुत्व बढाउन सफल भइने छ।

मिथुन राशिः पढाई राम्रो हुने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। उन्नती हुने दिन देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

कर्कट राशिः उन्नति प्रगति कम हुने दिन छ। वाणी सफल हुने समय छ। देशभित्रै घुम्ने अवसर मिल्नेछ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। अग्रजमा सामान्य रोग देखापर्न सक्ने छ। धार्मिक कार्य गर्नु शुभ छ।

सिंह राशिः परिवार, दाजुभाइबीच प्रेम सद्भाव रहने छ। अध्यापनमा सफलता मिल्ने योग छ। सामान्य शिर सम्बन्धी बिकार देखिन सक्छ। परिवारमा धन खर्च हुन सक्नेछ। कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

कन्या राशिः दान तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानीबाट कम लाभ प्राप्त हुनेछ। पढाइकोे क्षेत्रमा दिन राम्रो रहेको छ। वाणी प्रभाव वढ्ने योग छ। तीर्थ यात्रामा शुभ फल प्राप्त हुने छ।

तुला राशिः धन आर्जन हुने देखिन्छ। राजनीति क्षेत्रमा शुभ छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारव्यवसायमा फल प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त हुनेछ।

वृश्चिक राशिः राजनीतिमा सफलता मिल्ने छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। आर्थिक लाभ हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

धनु राशिः अध्ययन र लेखनमा सफलता मिल्ने छ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई  राम्रो छ। वैदेशिक यात्राको योग शुभ देखिन्छ।

मकर राशिः वैदेशिक यात्रामा भाग्य राम्रो छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी सोचेर गर्नु होला। सामान्य रोग देखापर्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। विद्यार्थीका लागि पढाई राम्रो हुनेछ।

कुम्भ राशिः आफन्तसँग शुभ भेटघाट हुनेछ। आर्थिक यात्रामा प्रवेश गर्नु ठीक होला। वैदेशिक यात्राको योग देखिन्छ। व्यवसायमा कम फल प्राप्तिको समय छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

मीन राशिः साथीभाइसँगको भेटघाट रमणीय हुनेछ। नवीन कार्यमा हात नहाल्नु होला। कार्यसिद्धिमा केही कमी हुने योग छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। बिचारपूर्वक कार्य गर्नुहोला।

प्रकाशित: १ श्रावण २०८१ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App