२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

क्याप्शन

मेष राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन प्राप्ती हुने समय छ। स्वास्थमा सुधार आउने छ। विद्यार्थीका लागि पढाइमा रुचि बढ्ने छ।

वृष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेश हुन्छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विभिन्न विलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। वैदेशिक पढाइ र यात्राको समय छ।

मिथुन राशिः स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। केही धन सन्चित हुने समय छ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने योग छ। वौदिक्ताको वृद्धि हुने देखिन्छ। वाणी प्रभाव बढ्ने छ।

कर्कट राशिः विद्यार्थीका लागि पढाइ सफल हुनेछ। पेटमा केही समस्या देखिन सक्छ, सचेत रहनु होला। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारमा राम्रो छ। यात्रा गर्दा धन आर्जन हुने योग छ।

सिंह राशिः धन आर्जन हुने योग देखिन्छ। यात्राको समय रहेको छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। स्वास्थ्यमा केही धन खर्च हुने समय छ। कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला।

कन्या राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। आर्थिक लाभ हुने दिन रहेको छ। उन्नतीशील समय छ। भूमि लाभको योग छ। सामान्य यात्राको योग देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

तुला राशिः विद्यार्थीका लागि अध्ययन र लेखनमा रुचि बढ्ने छ। सामान्य शिर रोगसमेत देखा पर्न सक्ने छ। साथीहरुमा खर्च हुने देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई भने दिन राम्रो छ। रमाइलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृश्चिक राशिः सम्मान प्राप्त हुने दिन छ। राम्रो फल दिने समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ छ। कडा पराक्रमकाट कार्यसिद्धि हुने छ। आफन्तसँग भेटघाट हुनेछ।

धनु राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा समान्य धन खर्च हुने समय छ। विद्यार्थीलाई पढाइमा रुचि बढ्ने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। कडा पराक्रमकाट कार्यसिद्धि हुनेछ।

मकर राशिः विद्या अध्ययनमा मन बढ्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य विकार आउने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने समय छ। मित्रबाट कार्यसिद्धि हुनेछ।

कुम्भ राशिः विद्यार्थीका लागि पढाइ र यात्राको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने र आफ्नो प्रभुत्व बढाउन सफल भइने छ। धर्ममा रुचि देखिन्छ। व्यवसायमा लगानी गरेमा श्रमको उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः मित्रसँग वैचारिक मेलको योग रहेको छ। धार्मिक कार्यमा रुचि देखिन्छ। विदेश यात्राको योग रहेको छ। विद्यार्थीर्लाइ पढाइमा रुचि बढ्ने छ। समाजिक पद र सम्मान मिल्ने छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ।

प्रकाशित: ३१ असार २०८१ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App