२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नदी पस्ने डरले गाँउलेहरु बस्छन् रातभरि जाग्राम

जोखिममा हदौना, अकबरपुर र खोरिया गाउँ

कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँवासीहरू एक महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्।

महराजगंज नगरपालिका– १० हदौना र यशोधरा गाउँपालिका– ८ खोरिया कपिलवस्तु नगरपालिका १० अकबरपुर, गाउँका मानिसहरू गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्ने गरेका हुन्। उनीहरु कति खेर गाउँमा भेल पस्ने हो भनेर खोलामा बाढी हुँदा रातभर जाग्राम बस्ने गरेका हुन। गाउँसँगै सटरे बाणगंगा नदी बग्न थाले पछि दक्षिणी पश्चिमका ती गाउँका बासिन्दाको जीवनयापन सन्त्रासमय बनेको छ।

जिल्लाको महाराजगंज नगरपालिको १० हदौना कपिलवस्तु नगरपालिका १० को सौराहाको अकबरपुर, यशोधरा गाउँपालिका– ८ खोरिया गाउँका बासिन्दाको जीवन सन्त्रासमय बनेको छ। गाउँलाई सुरक्षित गर्न नदीमा विभिन्न ठाउँमा बनाइएको पक्की तटबन्ध (ठोक्कर) नदीले भत्काउँदै बगाई लगे पछि अहिले गाउँ बगाउने खतरा बढेको हो। यस वर्षको बाढीले सबै सबै भन्दा जोखिम हदौनामा रहेको कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० अध्यक्ष शैलेन्द्र चौधरीले बताए।

बाणगंगा नदीले हदौना बासिन्दालाई समेत कटान र डुबानले सताएको छ। हर्दौनाका रमेशबहादुर सिंह भने ‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने त्यही चिन्ताले सताउँछ,।’ यहाँका साढे चार सय घर परिवार नदीको चपेटामा परेका छन्। गाउँमा नदी पस्न अब केही मिटर मात्र बाकी छ। २ घर त नदीले बगाएर लगेको उनले बताए। निरहु चमार र शिवपुजन चमारको घरमा नदी पसे पछि उनीहरुलाई सशस्त्र प्रहरीको सहयोगमा अन्तै सारिएको बताए। यस वर्षको बाढीले नदीको पश्चिम तर्फ गाउँ नजिकै डेढ सय मिटर कटान गरेको चौधरीले बताए। नदी गाउँमा पस्न केही मिटर मात्र बाकी छ । नदी गाउँमा पसे भने ६० घर डुब्ने उनले बताए।

नदी कटानले एक महिना यता आफुहरु रातभरी जाग्राम बस्दै आएको पीडित शिवपुजनले बताए। उनले गाउँमा नदी पस्ने डरले रातभरी पालैपालो पहरेदारी गर्ने गरेको बताए। नदी कटान क्षेत्रमा सुरक्षा निकाय र स्थानीय बासीले झारपात लगेर राखेका छन्।  नदी कटानले हर्दौनाको ९० बिघा भन्दा बढी खेत नदीले बगर बनाएको छ। नदीका कारण ५० बिघा खेत गुमाएको यशोधरा गाउँपालिका– ८ खोरियाका जमिरल्लाह मुसलमानले नदी कटान आफ्नोलागि अभिसाप बनेको बताए। विगत एक एक देखि आफुहरु रातभरी जाग्राम बस्ने गरेको उनले बताए। ‘पालैपालो गरी पहरेदारी गर्छौ’ उनले भने।

‘भएको खेत जति सबै नदीले खायो, थोरै मात्र बाकी छ परिवारको गुजारा चलाउन पनि मुस्किल बनेको छ’ उनले दुःखी हुँदै भने। नदीले २५ बिघा खेत बगर बनाए पछि पीडामा रहेको अनारुल हाजीले नदीले गर्दा गाउँलाई नै गरिब बनाएको बताए। ‘उर्वर जमिन जति सबै नदीले बालुवा बनायो, खान लागाउन पनि समस्या परेको छ’ उनले भने। बनाइएको तटबन्ध भत्काउन थाले पछि गाउँलेहरू त्रसित बनेका छन्। नदीको बहाव बस्ती तर्फ च्याप्दै गए पछि गाउँलेहरू डराएका छन्। तटबन्ध नरहेको दक्षिण तर्फ नदीले धमाधम कटान गर्न थालेको छ।

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँ तिर धकेल्न थालेको छ’ स्थानीय राम मिलन कोरीले भने, ‘चाडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’  खोरिया गाउँमा ढाई सय जति परिवारको बसोबास छ। कजरहवा र सिंग्रहा गाउँका दुई सय बढी परिवारको तीन सय बिघा भन्दा बढी जमिन सो नदीले बगर र बालुवामा परिणत गरेको स्थानिय वासिन्दाहरु बताउन्। नदी कटान र डुबानका कारण तीन पटक सिंग्रहा गाउँ सर्नु परेको दुखेसो पोख्दै स्थानीय बासिन्दा कुमारे यादवले भने, ‘नदीले हाम्रो खेत पनि खायो घर पनि बगायो, अहिले पूरै गाउँ टापु बनेको छ, अविरल वर्षा र बाढी आएको बेला हाम्रो भोक निद्रा नै हराउने गर्छ।

‘नदी  गाउँमा कहिले पस्ने हो जहिले पनि चिन्ताले सताउँछ, बर्षायाममा रातभरी सुत्न पाउँदैनौ, पालैपालो चौकीदारी गर्छौ।’ कपिलवस्तु नगरपालिका वडा नम्बर १२ अकबरपुरका सुर्य गिरीले नदीले दिएको दुःखको विवरण सुनाउँदै भने, ‘बर्षो देखिको हाम्रो पीडा कसैले सुनुवाइ गरेको छैन।’ नदी कटान सर्दै गाउँ तिर आएको छ। नदीले गाउँलाई छुन केही मिटर मात्र बाकी छ। अकबरपुरमा नदीले गाँउलेहरुको सय बिघा बढी खेतीयोग्य जमिन बगर बनाएको छ।

प्रजिअ बिश्व प्रकाश अर्यालले यस बर्ष वर्षाले गर्दा आउन सक्ने विपदको बिषयमा योजना बनाएको बताए। उनले बाणगंगा नदी छेउ रहेको गाउँ बस्तीलाई सजग रहन आग्रह गरेको बताए। पंचालयी शासन, बहुदलीय शासन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरे पनि कुनै पनि सरकारले आफूहरूको समस्या समाधान नगरेको पीडित गाँउलेहरुको दुःखेको छ। 

प्रकाशित: २८ असार २०८१ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App